एजेन्सी— बलिउड अभिनेता आमिर खानकी छोरी इरा खान अहिले सामाजिक सन्जालमा निकै सक्रिय छिन् । उनी बारम्बार आफ्ना फोटो र भिडियो सेयर गरिरहेकी हुन्छिन् ।
केही दिनयता उनले सेयर गरेको एउटा यस्तै भिडियो निकै चर्चामा आएको छ । भिडियोमा इरा खान एक्सरसाइज गरिरहेकी छिन् । तर, अचानक उनी लड्छिन् । उनले भिडियोमा लेखेकी छिन्— म पूर्णरुपमा ठिकठाक छु ।
अहिले इरा खानले निर्देशन यात्रा सुरु गर्ने भएकी छिन् । उनी अहिले ग्रिक ट्र्याजिडीमा काम गर्न थालेकी छिन् । यो एउटा नाटक हो । उनको नाटक मुम्बईमा छिट्टै प्रदर्शन हुने बताइएको छ ।
हेर्नुस्, उनको भाइरल भिडियोः
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।