गगन थापाकाे प्रश्न : सरकारले के आधारमा पूर्वराष्ट्रपतिको उपचार खर्च व्यहोर्ने निर्णय गर्यो, प्रमज्यू ?

काठमाडौं– पूर्वस्वास्थ्यमन्त्री एवं कांग्रेसका युवानेता गगन थापाले पूर्वराष्ट्रपति रामवरण यादवको विदेशमा हुने उपचार खर्च बेहोर्ने सरकारको निर्णय कानुनविपरीत रहेको दाबी गरेका छन् ।

पेटमा क्यान्सर देखिएपछि पूर्वराष्ट्रपति यादवको तीन वर्षअघि अमेरिकामा उपचार गरिएको थियो । अमेरिकाबाट स्वास्थ्यलाभ गरेर फर्किएपछि डा. यादव  भारतको चण्डीगढस्थित पिजिआइएमइआर अस्पतालमा उपचार गराउँदै आएका छन् ।

दुईसाता अघि रगतमा केही खराबी देखिएपछि डा. यादव उपचारका लागि भारतको चण्डीगढ गएका थिए । मन्त्रिपरिषद बैठकले पूर्वराष्ट्रपति यादवले भारतमा गराएको उपचार खर्च बिलअनुसार बेहोर्ने निर्णय गरेको थियो ।

सरकारको यो निर्णयमाथि आपत्ति जनाउँदै थापाले पूर्वराष्ट्रपतिले विदेशमा गरेको उपचार खर्च बेहोर्ने निर्णय कानुनविपरीत रहेको दाबी गर्दै थापाले आफ्नो फेसबुक पेजमा लेखेका छन्– ‘हामीले १ वर्ष अगाडि पारित गरेको कानुनले प्रस्ट भन्छ– कुनै पनि व्यक्तिले विदेशमा उपचार गर्दा लाग्ने खर्च नेपाल सरकारले दिँदैन । पूर्वराष्ट्रपति वा वर्तमान प्रम जो भए पनि यो कानुन सबैलाई लाग्छ, सरकारले के आधारमा विदेशमा गरेको उपचार खर्च व्यहोर्ने निर्णय गर्यो, प्रमज्यू ?’





  • प्रकाशित मिति : असोज १२, २०७६ आइतबार १२:३०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया