नेपाली क्रिकेट टोलीका कप्तान पारसको नाममा रहेका रेकर्ड

काठमाडौं– पारस खड्का नेपाली क्रिकेटप्रेमीमाझ चिरपरिचित नाम हो । नेपाली क्रिकेट टोलीका कप्तान पारसले नेपाली क्रिकेटलाई यो उचाइसम्म ल्याउन ठूलो योगदान गरेका छन् । यही क्रममा पारसले केही रेकर्ड बनाएका छन्, जुन निम्न छन्ः 

१.एकदिवसीय तथा टी–२० अन्तर्राष्ट्रियमा शतक बनाउने पहिलो नेपाली खेलाडी 
पारस खड्का नेपालका लागि एक दिवसीय र टी–२० अन्तर्राष्ट्रियमा शतक हान्ने पहिलो खेलाडी हुन् । उनले अन्तर्राष्ट्रिय एक दिवसीयमा गत वर्ष संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध शतक लगाएका थिए भने टी–२० अन्तर्राष्ट्रियमा शनिबार (हिजो) सिंगाापुरविरुद्ध शतक लगाए ।

 २.लक्ष्य पछ्याउने क्रममा शतक हान्ने विश्वकै पहिलो कप्तान
नेपालका कप्तान पारस खड्का टी–२० अन्तर्राष्ट्रियमा लक्ष्य पछ्याउने क्रममा शतक हान्ने विश्वकै पहिलो तथा एक मात्र कप्तान बनेका छन् । अहिलेसम्म कुनै पनि देशका कप्तानले टी–२० अन्तर्राष्ट्रियमा लक्ष्य पछ्याउने क्रममा शतक हान्न सकेका छैनन् । यसअघि नेदरल्याण्ड्सका कप्तान पिटर सिलारले बनाएको ९६ रन नै लक्ष्य पछ्याउने क्रममा कुनै पनि देशका कप्तानले बनाएको व्यक्तिगत उच्च स्कोर थियो ।

३.नेपालका लगि एक दिवसीय तथा टी–२० अन्तर्राष्ट्रियमा व्यक्तिगत उच्च रन (एकै खेलमा)
नेपालका लागि एक दिवसीय तथा टी–२० अन्तर्राष्ट्रियको एक खेलमा व्यक्तिगत उच्च स्कोर बनाउने रेकर्ड पनि पारस खड्काकै नाममा छ । उनले एक दिवसीय अन्तर्राष्ट्रियमा बनाएको ११५ तथा टी–२० अन्तर्राष्ट्रियमा बनाएको १०६ रन नै हालसम्म कुनै पनि खेलाडीले एक खेलमा बनाएको व्यक्तिगत उच्च स्कोर हो ।

४. नेपालका लागि टी–२० अन्तर्राष्ट्रियमा एकै खेलमा सर्वाधिक छक्का 
नेपालका लागि टी–२० अन्तर्राष्ट्रियमा एकै खेलमा सर्वाधिक छक्का हान्ने खेलाडीे पनि पारस खड्का नै हुन् । उनले यो रेकर्ड हिजो सिंगापुरविरुद्धको खेलमा ९ छक्का हानेर बनाएका हुन् । यसअघि यो रेकर्ड पारस खड्का र विनोद भण्डारीको नाममा थियो । उनीहरुले ५–५ छक्का हानेका थिए । यसका साथै पारस एकै खेलमा सर्वाधिक छक्का हान्ने विश्वको कप्तानहरुको सूचीमा दोस्रो स्थानमा छन् । उनीभन्दा अगाडि भारतका रोहित शर्मा र अस्टे«लियाका आरोन फिन्च रहेका छन् । उनीहरु दुवैले १०–१० छक्का हानेका छन् । 





  • प्रकाशित मिति : असोज १२, २०७६ आइतबार १३:३७:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया