सन्तोष लामाको दशैं आयो

काठमाडौं— नेपालीहरुका लागि सबैभन्दा ठूलो चाड मानिने दशैं आजबाट सुरु भयो । आज हिन्दु धर्म मान्ने नेपालीहरुले आआफ्नो घरमा जमरा राखे । यही महान् चाडको छेको पारेर शुभकार्य गर्ने पनि परम्परा रहेको छ । 

सँगसँगै दशैंले सबैलाई आकर्षित गर्छ नै । यसबाट गायक तथा कलाकर्मीहरु पनि अछुतो भन्ने कुरै हुँदैन । झन् कतिपयले यही समयमा आफ्नो सिर्जनात्मक काम पनि सार्वजनिक गर्छन् । 

अहिले गायक सन्तोष लामाले पनि यही छेकोमा नयाँ गीत ल्याएका छन् । महत्वपूर्ण कुरा के भने उनको गीत पनि दशैं र तिहारसँग नै सम्बन्धित छ । केही समययता धमाधम गीत आफ्नै युट्युब च्यानलमा रिलिज गरिरहेका सन्तोषले नयाँ गीत दशैं आयोको लिरिकल भिडियो पनि आफ्नै युट्युब च्यानलमा गरेका छन् । 

सन्तोषले यो गीतका लागि देव कार्कीले लेखेका शब्दमा स्वर दिएका हुन् । गीतको कोरस देव कार्कीले गरेका हुन् संगीत सन्तोषले नै । यसको मिक्सिङ तथा एरेन्जमेन्ट चाहिँ शैलेन्द्रमान प्रधानले गरेका हुन् । लिरिकल भिडियो बिजेन श्रेष्ठले बनाएका हुन् । दशैं र तिहारजस्ता चाडले आम नेपालीमा ल्याउने खुसीयालीलाई सन्तोषले गीतमा पोखेका छन् ।





  • प्रकाशित मिति : असोज १२, २०७६ आइतबार २०:३४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया