सुनसरीमा हतियारसहित दुई पक्राउ

सुनसरी– सुनसरीको सीमावर्ती गाउँपालिकाकाे बर्जुबाट पेस्तोल र लागू औषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ सुन्दर हरैचा नगरपालिका–५ मगर टोलका २७ वर्षीय करणकुमार चौधरी र १९ वर्षीय प्रकाश चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विनोद शर्माले जानकारी दिए । 

उनीहरूको साथबाट 'मेड इन यूएसए ७.६३' लेखिएको १ थान पेस्तोल, त्यसमा लाग्ने ३ राउन्ड गोलीसहित लागू औषध फेनारगन ३५ एम्पुल, लुपिजोसिक ३५ एम्पुल, डाइजोल्याप ३५ एम्पुल र लाइफ लाइन लेखिएको ५ एमएलको सिरिन्ज १ थान बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला अदालत सुनसरीबाट मयद थप गरी अनुसन्धान थालिएको डिएसपी शर्माले जानकारी दिए ।





  • प्रकाशित मिति : असोज १२, २०७६ आइतबार २२:३८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया