नेपाल दक्षिण एशियाकै पहिलो खुला दिसामुक्त देश
तस्वीर: आइस्टक ।

काठमाडौं– नेपाल आज खुला दिसामुक्त देश घोषणा हुने भएको छ । यो घोषणापछि नेपाल दक्षिण एशियाकै पहिलो खुला दिसामुक्त देश हुने भएको हो । यसको औपचारिक घोषणा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विशेष समारोहबीच हुने भएको हो । 

सन् २००२ देखि सुरु भएको राष्ट्रिय सरसफाइ सप्ताहले बनाएको अनुकूल वातावरण, सन् २००३ मा सुरु भएको समुदायको अुगवाइमा पूर्ण सरसफाइ तथा सन् २००६ मा नेपाल स्वयं प्रवद्र्धक भई लागू गरेको विद्यालयको अगुवाइमा पूर्ण सरसफाइ पद्धतिको कार्यान्वयनसँगै नेपालमा खुला दिसामुक्त घोषणाको परिकल्पना गरिएको थियो । जुन प्रत्येक टोल, गाउँ, जिल्लालाई खुला दिसामुक्त  क्षेत्र घोषणा गर्दै आजका दिनदेखि देशलाई नै खुला दिशामुक्त घोषणा गर्न सम्भव भएको हो । 

तत्कालीन राष्ट्रपति डा। रामवरण यादवले ०६८ मा लोकार्पण गरेको सरसफाइ गुरुयोजनासँगै अभियानले व्यपकता पाएको हो । सबैभन्दा पहिले नेपालमा कास्की जिल्ला खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । कास्कीलाई ०६८ असार १० गते खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । गत महिनामात्र काठमाडौं खुला दिसामुक्त जिल्ला घोषणा भएको थियो । सबैभन्दा अन्तिममा भोजपुरलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो । 

नेपालका करिब सबै घरधुरीमा सरसफाइको आधारभूत सुविधा र शौचालय पुगेको राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको सचिवालयले दाबी गरेको छ । त्यस्तै, देशका कुल ५६ लाख ६० हजार २ सय १४ घरधुरीमा शौचालय बनिसकेको खानेपानी मन्त्रालयले जनाएको छ । 





  • प्रकाशित मिति : असोज १३, २०७६ साेमबार ९:५०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया