कार्यकर्तामा ऊर्जा भर्न महाधिवेशन अत्यावश्यक : डा. शेखर कोइराला

चितवन– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जागरण अभियानले कांग्रेसका कार्यकर्तामा ऊर्जा थपेको बताएका छन् । 

चितवनमा पत्रकारहरुसँग  कुराकानी गर्दै उनले जागरण अभियानले कार्यकर्तामा ऊर्जा थपेको भन्दै यसलाई थप उचाइमा पुर्याउन जतिसक्दो छिटो पार्टीको महाधिवेशन गर्न आवश्यक रहेको बताए । 

महाधिवेशन नभई कांग्रेसमा ऊर्जा नथपिने उनको भनाइ थियो । नेतृत्वको कमजोरीका कारण कांग्रेस समस्यामा पर्न नहुने उनको भनाइ थियो । 

उनले भने, 'महाधिवेशन चाँडोभन्दा चाँडो हुन सकेन भने काङ्ग्रेसलाई अफ्ठ्यारो पर्ने अवस्था छ ।' कांग्रेसले अहिले जागरुक भएर जनताका पक्षमा आवाज उठाउनपर्ने समय भएको बताउँदै उउनले थपे, 'सडक र सदन तताउनुपर्छ । सडक तताउनका लागि नेविसंघ, तरुण दल, महिला संघ, दलित संघजस्ता भ्रातृसंस्थाको महाधिवेशन समयमा नै गर्नु आवश्यक छ ।' 

जनताले आफ्ना विचार राख्न नपाउने, बोल्न नपाउने, केही गर्न नपाउने पञ्चायतकालमा पनि नभएको भन्दै उनले त्यस्तो प्रवृत्तिको आलोचना गरे ।  





  • प्रकाशित मिति : असोज १३, २०७६ साेमबार १५:४८:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया