संविधान कुनै पनि वेला संशोधन गर्न सकिने : सुवास नेम्वाङ

काठमाडौं– पूर्वसभामुख सुवास नेम्वाङले वर्तमान संविधान जनता आफैँले निर्माण गरेको संविधान भएको बताएका छन् । उनले जनताको मन जितेर नै परिमार्जन गर्न सकिने बताए । 

साेमबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे तेस्रो जिल्ला सभाको उद्घाटन गर्दै नेकपा संसदीय दलका उपनेता नेम्वाङले संविधान परिमार्जित भएकाले यसलाई जनताको मन जितेर कुनै पनि वेला संशोधन गर्न सकिने बताए ।

वर्तमान सरकार शासक र राजाले निर्माण गरेको नभई जनताले निर्माण गरेको उनको भनाइ थियो । ठूलो प्रयास र लामो संघर्षपछि निर्माण भएको संविधान अहिले कार्यान्वयनको चरणमा रहेको नेम्वाङले बताए ।

जिल्लामा विद्युत् र यातायातको सुविधा पुर्याउन आफू प्रयत्नशील रहेको उनले बताए । विसं २०५६ मा चुनाव लड्दा विद्युत् र यातायातको सुविधा थिएन’, उनले भने, ‘अहिले कति विकास भएको छ आफैं देख्न सकिन्छ ।’ जिल्लका सबै घरमा विद्युत् पुर्याउन आफू प्रयत्नरत रहेको उनको भनाइ थियो ।  





  • प्रकाशित मिति : असोज १३, २०७६ साेमबार १६:१५:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया