एजेन्सी– चीन सुँगुरको मासु (पोर्क)को सबैभन्दा ठूलो उत्पादक हो । चीनको राष्ट्रिय तथ्यांक विभागका अनुसार कुल उत्पादनको ४० प्रतिशत सुँगुरको मासु चीनले विश्व बजारमा निर्यात गर्छ । सुँगुरको मासुको लागि चीन लोकप्रिय बजार हो ।
गत वर्ष चीनका सुँगुर फार्ममा स्वाइन फ्लुको महामारी देखापर्यो । अचानक पैmलिएको महामारीले मासु उत्पादनमा उल्लेख्य कमी ल्यायो । गत वर्षको तुलनामा चीनको पोर्क उत्पादनमा ४० प्रतिशतले काम हुने अनुमान, डच बैंकका विश्लेषकहरूले गरेका छन् । यो वर्षको अन्त्य सम्ममा चीनमा सुँगुरको संख्या आधामा झर्ने अनुमान उनीहरुको छ ।
चीनको राष्ट्रिय तथ्यांक विभागका अनुसार गएको अगस्टमा पोर्कको मूल्य ४६.७ प्रतिशतले बढेर गयो । २०२० को सुरुवातमै पोर्कको मूल्य ८० प्रतिशतले बढ्न सक्ने विश्लेषक बताउँछन् । सरकारले स्थिर राख्ने भनेको ३.० प्रतिशतको औसत वार्षिक मुद्रास्फितीलाई, स्वाइन फ्लुको महामारीले अझ बढाउने देखिन्छ । यो वर्ष मुद्रास्फिती, सरकारको लक्ष्यभन्दा बढ्ने निश्चित छ । यस्तो पछिल्लो दशकमा पहिलोपटक हुन लागेको हो ।
यसले चीनको उपभोक्ता मूल्य सूचकांकमा भार पार्ने पक्का छ । खाद्यपदार्थको मूल्यमा भएको वृद्धिले चीनको उपभोक्ता मूल्यमा भार थपिरहेका वेला, स्वाइन फ्लुको माहामारीले यसमा थप प्रभाव पार्ने देखिन्छ ।
चिनियाँ सरकारले स्वाइन फ्लु नियन्त्रणका लागि भरसक कोसिस गरिरहेको छ । तर, कुनै प्रयास सफल हुन सकेका छैनन् । विश्व बजारमा चीनमा उत्पादित पोर्कको अत्यधिक माग छ । सो माग पूरा गर्न तत्काललाई चीनले, मासुको उत्पादनलाई बढाउने प्रयास गरिरहेको छ ।
चिनियाँ मासु उपभोक्तामा, पोर्क सबैभन्दा बढी खपत हुने मासु हो । २०१८ को तथ्यांकअनुसार, कुल मासु खपतको ६४ प्रतिशत सुँगुरको मासुले ओगटेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।