राजीनामा दिँदै सभामुख महरा

काठमाडौं– सभामुख कृष्णबहादुर महराले राजीनामा दिने भएका छन् । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेपछि उनी राजीनामा दिने निर्णयमा पुगेका हुन् ।

उनलाई संसद सचिवालयकै एक महिलाले दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् । यसअघि महराको सचिवालयले आरोपलाई कपोकल्पित र महराको राजनीति सकाउन चालिएको कदम भन्ने आशयको विज्ञप्ति निकालेको थियो ।

नेपाल कम्युनिस्ट पार्टीको उच्च स्रोतले फरक धारलाई बताएअनुसार महराले प्रचण्डसँगको छलफलमा पहिले दुई चार दिन अध्ययन गर्ने निर्णय गरेका थिए । तर, पछि नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि उनी राजीनामा दिने निर्णयमा पुगेका हुन् । 

‘आज साँझसम्म उहाँको राजीनामा आउँछ,’ प्रधानमन्त्री ओलीनिकट स्रोतले फरक धारलाई बतायो, ‘प्रधानमन्त्री ओलीले पनि उहाँलाई राजनीमा दिनु नै ठिक भन्ने सल्लाह दिनु भएको छ ।’ 

‘यो उहाँको नैतिकतालाई स्थापित गर्ने समय पनि हो,’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै प्रधानमन्त्री सचिवालय एक सदस्यले भने, ‘राजीनामा दिनुस्, कानुनी बाटो उपचार खोजेर अगाडि बढ्न सकिहालिन्छ ।’





  • प्रकाशित मिति : असोज १४, २०७६ मंगलबार ११:४:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया