काठमाडौं— नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक केही बेरमा बस्दै छ । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लागेपछि यो सचिवालय बैठक बोलाइएको हो । बैठकमा नेकपाका सचिवालय सदस्यहरु सहभागी हुँदैछन् ।
आकस्मिक रुपमा बोलाइएको यो बैठकमा सभामुख महरामाथि लागेको आरोपको विषयमा चर्चा हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओली निकट एक नेताले बताएअनुसार सभामुख महरालाई बैठकले नै राजीनामा दिन लगाउने छ ।
त्यसो त नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरिसकेपछि महरा राजीनामा दिने निर्णयमा पुगिसकेका छन् । महराको विषयमा नेकपाका नेताहरुबीच हिजो साँझ देखि अबेर रातिसम्म छलफल भएको स्रोतको दाबी छ । स्रोतका अनुसार सचिवालय बैठकले महरालाई राजीनामा दिएर कानुनी बाटो खोज्न अनुरोध गर्ने भएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।