महरालाई पक्राउ गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं– सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई पक्राउ गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । 

संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि महराले म्रगलबार राजीनामा दिएका थिए ।

बलात्कार आरोपी महरालाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउन माग गर्दै मंगलबार दिउँसो माइतीघर मण्डलमा प्रदर्शन भएको हो ।

माइतीघर मण्डलमा जम्मा भएका प्रदर्शनकारीले प्ले कार्डसहित शान्तिपूर्ण प्रदर्शन गर्दै महरालाई पक्राउ गर्नुपर्ने माग गरेका थिए । 





  • प्रकाशित मिति : असोज १४, २०७६ मंगलबार १७:३५:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया