विमानस्थलबाट छिराइएकाे १६ तोला अवैध सुन चावाहिलमा बरामद

काठमाडौं– त्रिभुवन विमानस्थलबाट पास भएर बाहिर निस्किएको अवैद्य सुनसहित दुई जना पक्राउ परेका छन् । सादा पोशाकमा खटिएको प्रहरी टोलीले मंगलबार साँझ चावाहिलबाट दुई जनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा नवलपरासीका धुव्रबहादुर दर्लामी र बाग्लुङका नीरबहादुर परियार रहेको प्रहरीले जनाएको छ । उनीहरु विमानस्थलबाट बाहिरिएर चावाहिल पुगेका थिए । पक्राउ परेपछि उनीहरुबाट १६ तोला सुन बरामद गरिएको छ । १६ तोला सुनको मूल्य १२ लाख पर्ने प्रहरीले जनाएको छ । 

यस विषयमा प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।





  • प्रकाशित मिति : असोज १५, २०७६ बुधबार ९:१७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया