जस्टिनले फेरि गरे विहे

एजेन्सी— गायक जस्टिन बिबर संगीतको दुनियाँमा जति चर्चित भए, त्यति आफ्नो व्यक्तिगत जीवनमा सफल हुन सकेका छैनन् ।

उनले त फेरि एक पटक विवाह गरेका छन् । तर, नझुक्किनुस्, यो विवाह उनले गत वर्ष विवाह गरेकी मोडल हेली बाल्डविनसँग नै गरेका हुन् । गत वर्ष चाहिँ यो जोडीले यो विवाह गुपचुप गरेका थिए । पिपुलडटकमका अनुसार यो जोडीले सोमबार परिवारका सदस्यको उपस्थितिमा विवाह गरेका हुन् ।

यो विवाहको कार्यक्रम दक्षिण क्यारोलिनमा रहेको पाँच तारे होटलमा आयोजना गरिएको थियो । जस्टिन र हेलीले आफ्नो विवाहका लागि १ सय ५४ जनालाई बोलाएका थिए । 





  • प्रकाशित मिति : असोज १५, २०७६ बुधबार ९:३९:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया