क्यान्सर निर्मूल पार्न सक्ने अण्डा, कसरी बन्यो ?

लन्डन– केही समयअघि बेलायती वैज्ञानिकको एक समूहले लामो अनुसन्धानपछि क्यान्सर निर्मूल पार्न सक्ने अण्डा उत्पादन गरे । 

त्यसअघिको अनुसन्धानमा बाख्रा, खरायो र कुखुरामा जेनेटिक परिवर्तन गरी दूध र अण्डाबाट रोघनाशक प्रोटिन प्राप्त गर्न सकिने तथ्य पत्ता लागेको थियो । 

कुखुरामा जेनेटिक परिवर्तन गरी उत्पादन गरिने यस्ता अण्डामा क्यान्सरनिरोधक प्रोटिन पाइन्छ, जुन क्यान्सरको औषधिका रुपमा प्रयोग हुने वैज्ञानिकहरुले बताएका छन् । 

यो प्रयोगशालामा बनाइने औषधिभन्दा निकै कम लागतमा बन्ने उनीहरुको दाबी छ ।

यसका लागि कुखुरामा जेनेटिक परिवर्तन गरी यस्तो जिन राखिएको छ, जसले क्यान्सरनाशक प्रोटिन पैदा गर्न सकोस् । केही समयमै यस्ता अण्डाको व्यापक स्तरमा उत्पादन गर्न सकिने अनुसन्धानमा संलग्न वैज्ञानिक बताउँछन् । 

एडिनबरास्थित रोसिन टेक्नोलोजिज नामक कम्पनीमा आबद्ध डा. लिसा हेरोनलाई उद्धृत गर्दै बिबिसीले भनेको छ, ‘कुखुराको मद्दतबाट हुने प्रोटिनको उत्पादन फ्याक्ट्रीमा गरिने उत्पादनभन्दा १० देखि १०० गुणासम्म सस्तो पर्छ । यस्तोमा आशा छ कि, औषधिको उत्पादनमा हुने कुल खर्चको कम्तीमा १० गुणा कममा क्यान्सरनिरोधक अण्डा उत्पादन गर्न सकिन्छ ।’ 



सोधकर्ताहरुका अनुसार यो तरिका निकै प्रभावकारी र किफायती छ । पुराना तरिकाका तुलनामा यसबाट ज्यादा प्रोटिन उत्पादन गर्न सकिन्छ । 

यस प्रक्रियामा सबैभन्दा ठूलो बचत यसको ढाँचासँग जोडिएको छ । ल्याबमा औषधि उत्पादन गर्नका लागि जीवाणुरहित प्रयोगशाला निर्माण गर्नुपर्ने हुन्छ । तर, यी औषधिजन्य अण्डाको उत्पादनमा भने सामान्य कुखुरा भए पुग्छ । 



कतिपय अवस्थामा मानिसको शरीरले प्राकृतिक रुपमा कुनै एक केमिकल या प्रोटिन उत्पादन गर्न सक्दैन । यो विभिन्न रोगको कारण बनिदिन्छ । यस्तोमा शरीरलाई निश्चित प्रोटिनको आपूर्ति गर्ने औषधि दिएर रोगको रोकथाम गर्न सकिन्छ । 

फर्मास्युटिकल कम्पनी यस्ता औषधि प्रयोगशालामा उत्पादन गर्छन् । जुन निकै खर्चिलो प्रक्रिया हो । 

डा। हेरोनको टिमले कुखुराको शरीरभित्र अण्डाको सेतो भाग बनाउने डिएनएको हिस्सामा प्रोटिन पैदा गर्नेवाला मनव जिनको हिस्सा हालिदिए । जब उनीहरुले उक्त कुखुराले दिएको अण्डाको सेतो भाग परीक्षण गरे, त्यसमा निकै ज्यादा मात्रामा क्यान्सरनिरोधक प्रोटिन भेटियो ।  

यो टिमले रोग प्रतिरोधक क्षमता भएका विशेष गरी दुईखाले प्रोटिनमा आफ्नो ध्यान केन्द्रित गर्यो । यसमा पहिलो आइएफ नाल्फा२ए हो, जुन संक्रमण र क्यान्सरका विरुद्ध लड्छ । दोस्रो हो, म्याक्रोफेज–सिएसएफ, जुन क्षतिग्रस्त तन्तुलाई आफैँ ठीक गरेर विकसित गराउँछ ।

अनुसन्धानमा संलग्न वैज्ञानिकहरुले तीनवटा अण्डाले एकपटकको खुराक धान्ने बताएका छन् । एउटा कुखुराले वर्षमा तीन सयसम्म अण्डा दिन सक्छ । 

पर्याप्त मात्रामा जेनेटिकल्ली मोडिफाइड कुखुरा पैदा गर्न सके यी अण्डालाई व्यापारिक स्तरमा उत्पादन गर्न सकिने वैज्ञानिकहरु बताउँछन् । यससँगै, कुखुराको मद्दतबाट जनावरका लागिसमेत औषधि निर्माण गर्न सकिने उनीहरुको विश्वास छ ।

यद्यपि, यस प्रक्रियामा औषधिको उत्पादक र नियामक संस्थाहरुको सहमति लिन दशौँ वर्ष लाग्न सक्छ ।

  • प्रकाशित मिति : असोज १६, २०७६ बिहीबार २१:३२:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया