शाकाहारीको दशैं: यसरी बनाउनुहाेस् स्वादिलो अालु दम

आलु दम 

आलु दम निकै स्वादिष्ट र मसलेदार भेज परिकारको रुपमा परिचित छ । चाडपर्वको समयमा घरमा पाहुना आउँदा आलु दम बनाएर खुवाउन पनि सजिलो हुन्छ । घरमा भएको आलु र दहीको प्रयोग गरेर आलु दम बनाउन सकिन्छ । आलु दम बनाउँदा एकै किसिमको सानो र गोलो आलु चाहिन्छ । 
 

आलु दमका लागि चाहिने सामाग्रीः  

पानीमा उमालेको साना साना आलु ५०० ग्राम, प्याज, ३–४ कप दही, ४ वटा गोलभेँडा, मसला आधा चम्चा, रातो धुलो खुर्सानी १ चम्चा, ४–५ वटा लसुनको केस्रा र सोही अनुसार अदुवा हरियो खुर्सानी २ वटा, धनियाँको दाना आधी चम्चा र जिरा आधी चम्चा, नुन स्वाद अनुसार, तेल, काटेको धनियाँ 
 

विधि

उसिनेर राखेको सबै आलुमा काँटा चम्चाले प्वाल पार्ने । मसला भित्रसम्म छिर्ने गरी आलुमा प्वाल पार्ने । त्यसपछि आलुलाई तेलमा फ्राइ गर्ने । प्यानमा तेल तातेपछि अलिकति बेसारको धुलो र अलिकति रातो खुर्सानीको धुलो राख्दिनुपर्छ । दुईटै मसला राख्नेवित्तिकै आलुलाई फ्राइ गर्नुहोस । आलुलाई चलाउँदै चलाउँदै ८ मिनेट जति ठूलो आगोमा फ्राइ गरेर तेल र मसलामा मिक्स गरेर नुन राखेर चलाउनुहोस । यसपछि आलु दम खानको लागि तयार हुन्छ । 
 





  • प्रकाशित मिति : असोज १७, २०७६ शुक्रबार १०:१४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया