गर्भमा जुम्ल्याहा बच्चा भएमा के फरक पर्छ ?

एजेन्सी– यदि तपाईं गर्भवती हुनुहुन्छ र तपाईंको पेटमा दुई वटा बच्चा छन् भन्ने थाहा भएको छ भने तपाईंको खुसी पक्कै दुई गुणाले बढेको हुनुपर्छ । तर, सामान्य गर्भवती हुनुभन्दा जुम्ल्याहा बच्चाको आमा हुँदा केही फरक हुन्छ । यसबारे ध्यान दिन चाहिँ जरुरी छ । 

स्त्री रोग विशेषज्ञहरुका अनुसार जुम्ल्याहा बच्चा पेटमा भए हरेक दिन ६ सय क्यालोरी बढी खानु पर्ने हुन्छ । यसो गर्न सकेको खण्डमा दुवै बच्चाहरुलाई आवश्यक पोषण पुग्छ ।

जुम्ल्याहा बच्चा गर्भमा भएको थाहा पाएपछि अल्ट्रासाउन्ड गराउनु पर्छ । अल्ट्रासाउन्डले दुवै बच्चाको विकास सामान्य गतिमा भएको छ कि छैन भन्ने जानकारी दिन्छ । त्यसैले यो महत्वपूर्ण हुन्छ ।

गर्भमा जुम्ल्याहा बच्चा भएमा विहानपख हुने मर्निङ सिकनेस पनि बढ्न सक्छ ।

त्यस्तै, गर्भमा जुम्ल्याहा बच्चा भएको खण्डमा ४० को ठाउँमा ३७ सातामा डेलिभरी हुनसक्ने पनि चिकित्सकहरु बताउँछन् ।





  • प्रकाशित मिति : असोज १७, २०७६ शुक्रबार ११:५९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया