साउदी अरबमा नयाँ परिवर्तनः अविवाहित जोडी पनि सँगै बस्न पाउने

एजेन्सी– अविवाहित विदेशी जोडी अब साउदी अरबको होटलका कोठामा पनि सँगै बस्न पाएका छन् । साउदी अरब सरकारले जारी गरेको नयाँ भिसा नियमले यो सम्भव बनाएको हो । 

यसबाहेक महिलाले पनि अब साउदी अरबका होटलमा कोठा लिएर एक्लै बस्न पाउने भएका छन् । यसअघि त्यहाँ पुग्ने जोडीले आफूहरु विवाहित भएको प्रमाणित गरेमात्र होटलमा एउटै कोठामा बस्न पाउँथे । साउदी अरबको सरकारले पर्यटनलाई प्रोत्साहन गर्न यस्तो परिवर्तन गरेको जनाएको छ ।

साउदी अरबको पर्यटन मन्त्रालयले एउटा विज्ञप्ति जारी गरेको छ, ‘साउदी अबरका नागरिकका परिवारले विवाहको प्रमाण देखाउनु पर्ने हुन्छ तर विदेशी नागरिकको हकमा यो लागु हुँदैन ।’ त्यही विज्ञप्तिमा सबै महिलाले होटलका कोठा बुक गर्न पाउने पनि उल्लेख गरिएको छ ।

सँगसँगै अब विदेशी महिलाले होटलमा आफ्नो चाहनाअनुसार कपडा लगाउन पाउनेछन् । तर, अझै पनि साउदीका होटलहरुमा मदिरा चाहिँ निषेधित नै गरिएको छ । 

यी परिवर्तनहरुको पछाडि पनि साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानको हात रहेको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन् ।





  • प्रकाशित मिति : असोज १९, २०७६ आइतबार १२:३९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया