घुम्तीमा जीपमाथि जीप खस्याे, एककाे मृत्यु

सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–११ तिङलामा जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने १० यात्रु घाइते भएका छन् ।

दुर्घटनामा नेचासल्यान गाउँपालिका–२ का २१ वर्षीय बा १५ च ९६२० नम्बरको बोलेरो जीपका चालक लेखबहादुर खड्काको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

शनिबार राति झण्डै ११ बजे तिङला बरडाँडाको गुप्तेश्वर महादेव क्षेत्रमा काठमाडौंबाट नेचातर्फ जाँदै गरेको बा १ ज ५३४२ नम्बरको जीपमाथि सोलुखुम्बुको सल्लेरीबाट नेचा जाँदै गरेको बा १५ च ९६२० नम्बरको बोलेरो जीप खसेको हो ।

माथिल्लो मोडमा रहेको बोलेरो जीप अनियन्त्रित भई तल्लो मोडमा रहेको जीपमाथि खसेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक (इन्स्पेक्टर) उत्तम कार्कीले जानकारी दिए । घाइतहरुको राति नै उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल फाप्लु लगिएको छ ।





  • प्रकाशित मिति : असोज १९, २०७६ आइतबार १२:४८:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया