काठमाडाैं- निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न महानगरीय प्रहरी परीसर ‘माथि’को आदेश कुरेर बसेको छ । काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा महरालाई पक्राउ गर्न अनुमती दिए पनि प्रहरी माथिको आदेश कुरेर बसेको छ ।
परीसरका एक अधिकारीले पक्राउका लागि माथिको आदेश नआएको बताए । ‘अदालतबाट पक्राउ पूर्जी जारी भए पनि माथिको आदेश आएको छैन,’ ती अधिकारीले भने, ‘आदेश आएपछि मात्र अघि बढ्छौं ।’