महरा प्रहरी नियन्त्रणमा

काठमाडौं– बलात्कारको प्रयासको अभियोगमा किटानी जाहेरी परेपछि अदालतले अनुमति दिएसँगै निवर्तमान सभामुखम कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं जिल्ला अदालतले महरालाई पक्राउ गर्न अनुमति दिएको थियो । यसअघि एक प्रहरी अधिकारीले महरा पक्राउ गर्नका लागि माथिको आदेश कुरिरहेको बताएका थिए । 

तिनै प्रहरी अधिकारीले फरक धारसँग भने, ‘महरालाई हामीले नियन्त्रणमा लिइसकेका छौँ, उहाँलाई बालुवाटरमा रहेको सभामुख निवासबाट नै नियन्त्रणमा लिइएको हो ।’

महरालाई आइतबार दिउँसो अदालतको आदेश आएको केही समयपछि प्रहरीलृ नियन्त्रणमा लिएको हो ।

संगीन आरोपमा पक्राउ पर्ने उनी दोस्रो सांसद् हुन् । यसअघि रेशम चौधरीलाई पनि प्रहरीले सांसदकै हैसियमा पक्राउ गरेको थियो । 

महराले आफूमाथि आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिए पनि सांसद पदबाट भने राजीनामा दिइसकेका छैनन् । तर, नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्वसभामुख सुवास नेम्वाङले विभिन्न सन्चारमाध्यमसँग अब नेपाल कम्युनिस्ट पार्टीले महरालाई सांसदका रुपमा नचिन्ने बताएका थिए ।



 



  • प्रकाशित मिति : असोज १९, २०७६ आइतबार १६:४५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया