इरानकी सहर जसको आत्महत्याका कारण झुक्यो इरान सरकार

एजेन्सी— संसारका अन्य देशमा जे महिलाहरुले गर्न पाउँछन्, त्यही काम इरानका महिलाले पाउँदैनथेँ । जो विश्वका करोडौँ महिलाले सहजै गर्न पाउँछन्, त्यसमा इरान सरकारले प्रतिबन्ध लगाएको थियो । 

तर, इरानकी एक युवती सहरलाई पनि यो कुरा थाहा हुँदाहुँदै उनले यसलाई बेवास्ता गरिन् । उनले बेवास्ता गरेको एउटै काम थियो, फुटबल हेर्ने । त्यो पनि रंगशालामा गएर ।

यो गत मार्चको घटना हो । सहरलाई जुन टिम मन पथ्र्यो, त्यो टिम फुटबल मैदानमा खेल्दै थियो । उनलाई पनि खेल हेर्न मन लाग्यो । उनले पुरुषको कपडा लगाइन्, नीलो ‘विग’ लगाइन् र उनी फुटबल हेर्न पुगिन् ।

तर, उनी रंगशालामा पुग्न नै पाइनन् । बाटोमा नै उनलाई त्यहाँ खटिएका सुरक्षाकर्मीले समाते । उनलाई यो अपराध गरेको आरोपमा अदालतमा पठाइयो । तर, सहरले अदालतमा पनि पाइला राखिनन् । त्यही अदालतको बाहिर उनले आत्मदाह गरिन् । 

त्यहाँबाट अस्पताल पुर्याइएकी उनको अस्पतालमा मृत्यु भयो । 

सहरको मृत्यु त भयो । तर, यसैका कारण सामाजिक सन्जालमा निकै ठूलो अभियान चल्यो । इरानमाथि एउटा दबाब बन्यो कि उसले आफ्नो रंगशालामा महिलालाई पनि फुटबल हेर्न दिनूपर्छ । यही अभियानका कारण इरान सरकारको व्यापक विरोध भयो । सहरको आत्महत्याका कारण इरान सरकार झुक्यो, उसले महिलालाई पनि फुटबल हेर्न रंगशालामा जान दियो । केही दिनअघि कम्बोडियाविरुद्धको खेलमा पनि इरान सरकारले ३५ सयभन्दा धेरै महिलालाई स्टेडियममा जान दियो । यो खेल १० अक्टोबरमा भएको थियो ।



२० वर्षकी फुटबल प्रशंसक सहर खोडयारीलाई अब इरानमा नचिन्ने कोही पनि छैनन् । किनकि त्यहाँको सरकार सहरकै कारण झुकेको छ । उसले सन् २०२२ को विश्वकपका लागि हुने खेलमा पनि आफ्नो देशका महिलालाई विशेष प्राथमिकता दिने निर्णय गरेको छ ।



  • प्रकाशित मिति : असोज २३, २०७६ बिहीबार २०:५३:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया