अमेरिका क्यानडामा पागल भइरहेछन् हरिण, मानिसमा रोग फैलने त्रास

एजेन्सी– इतिहासलाई हेर्ने हो भने अधिकांश रोगहरु पहिले जनावरमा देखिएका थिए, जुन पछि मानिसमा पनि फैलिए । पछिल्लो समय विश्वमा भाइरल भइरहेको यस्तै एउटा रोग हो– स्वाइन फ्लू । पहिले सुँगुरमा देखिएको यो रोग पछि विस्तारै मानिसहरुमा पनि देखिन थाल्यो । अहिले त यो रोग निकै धेरैमा देखिन थालिसकेको छ । अर्को खतरानक रोग इबोला पनि पहिले जनावरमा र पछि मानिसहरुमा फैलिएको थियो । 

त्यसैले, पछिल्लो समय अमेरिकाका २४ तथा क्यानडाका दुई राज्यमा हरिणमा फैलिएको रोगलाई लिएर चिकित्सक तथा अनुसन्धानकर्ताहरु चिन्तित भएका छन् । ती राज्यमा हरिणमा जम्बी डियर बिमारी फैलिएको छ । यो रोगका कारण त्यहाँका हरिण आक्रामक भएका छन् । उनीहरुमा अनौठो बानी विकास भइरहेको छ । 

मिनेसोटा विश्वविद्यालयले यो रोग रोक्नका लागि अध्ययन सुरु गरिसकेको छ । यो विश्वविद्यालयका केही समूहले एउटा त्यस्तो उपकरण बनाएका छन् जसले जिउँदो र मृत जनावरको जाँच गर्न सकोस् र यो रोग मानिसमा सर्नबाट रोक्न सकियोस् ।
 





  • प्रकाशित मिति : असोज २३, २०७६ बिहीबार २१:१७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया