सलमान खानकाे घरबाट पक्राउ परे २९ वर्षदेखि फरार अपराधी

एजेन्सी— मुम्बई पुलिसले बुधबार बलिउडका सुपस्टार सलमान खानको घर रेखदेख गर्ने व्यक्तिलाई पक्राउ गरेको छ । विगत २० वर्षदेखि खानको घर रेखदेखमा खटिएका शक्तिसिद्धेश्वर राणालाई प्रहरीले पक्राउ गरेको हो । 

सलमान खानको गोराईको घरबाट पक्राउ परेका राणा एक अपराधी रहेको प्रहरीले जनाएको छ । राणामाथि जबरजस्ती चोरी र हमलाको मुद्दा दर्ता रहेको छ । उक्त मुद्दामा जमानतमा बाहिर आएका राणा फरार रहेका थिए । प्रहरीले उनको २९ वर्षदेखि खोजी गर्दै आएको थियो । 

६२ वर्षीय वृद्धले सलमान खानको घर रेखदेख गर्दै बसेको खबर मुम्बई पुलिसले पाएपछि प्रहरी अपराध शाखाको टोलीले योजनाबद्ध रुपमा सलमान खानको घरमा छापा मारी उनलाई हिरासतमा लिएको थियो ।





  • प्रकाशित मिति : असोज २४, २०७६ शुक्रबार ८:४६:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया