काठमाडौं– संघीय सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको हो ।
सी स्वागतका लागि गृहमन्त्रालयले सार्वजनिक बिदा दिने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको र त्यो प्रस्ताव पारित गर्दै आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको हो ।
चिनियाँ राष्ट्रपति सी शनिबार नै राजकीय भ्रमणका लागि नेपाल आउँदैछन् । उनी आइतबारसम्म नेपालमा बस्नेछन् । अहिले भारत भ्रमणमा रहेका सी आइतबार काठमाडौंबाट चीन प्रस्थान गर्नेछन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।