चिनियाँ राष्ट्रपतिलाई सुरक्षा थ्रेट तिब्बती शरणार्थीबाट, यस्तो छ सुरक्षा तयारी

काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार दुई दिने राजकीय भ्रमणका लागि काठमाडौं आइपुग्दै छन् । उनको दुई दिने बसाइमा केही नहोस् भन्नका लागि सरकारले सुरक्षा व्यवस्था चुस्त बनाएको छ । 

सीको सुरक्षाका लागि नेपाली सेनाले जिम्मेवारी लिएको छ । तर, भित्री तहमा भने सीको सुरक्षा चिनियाँ सेनाले नै गर्ने छ । सीको भ्रमणका लागि नेपाली सेनाले सम्पूर्ण तयारी पूरा गरिसकेको छ । अघिल्ला भिभिआइपीको सवारीमा सेनाकै गाडीहरु प्रयोग हुने गर्थे । तर, यसपटक सीको भ्रमणका लागि चीनबाट नै तीनवटा बुलेटप्रुफ गाडी ल्याइएको छ । त्यसैले यसपटक नेपाली सेनाको गाडी प्रयोग हुने भएको छैन । 

सीको भ्रमणलाई लक्षित गर्दै नेपाली प्रहरीले काठमाडौंमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाएको छ । यसका लागि अन्य प्रदेशबाट पनि केही प्रहरी काठमाडौं ल्याइएको छ । प्रहरीलाई राष्ट्रपति सीको बाटोमा तैनाथ गरिनेछ । बाटोमा पर्ने अग्ला भवनहरुमा पनि प्रहरी तैनाथ हुने व्यवस्था गरिएको छ । 

राष्ट्रपति सी यात्रा गर्ने सबै बाटोमा सिसीटिभीको व्यवस्था गरिएको छ । काठमाडौंका सबै बाटोका सिसीटिभी उनी यात्रा गर्ने बाटोमा जडान हुने काम सकिएको छ ।

राष्ट्रपति सी काठमाडौंमा विमानस्थलबाट सोझै सोल्टी होटलमा पुग्नेछन् । उनी त्यहाँ नै बस्दैछन् । शनिबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले सीको स्वागतमा रात्रिभोजको दिने कार्यक्रम छ । सी विमानस्थलबाट होटलमा पुग्दा नेपाली सेनाको हेलिकोप्टरले आकाशबाट पनि उनको स्कर्टिङ गर्ने छ ।

राष्ट्रपति सीको सुरक्षाका लागि काठमाडौंमा पाँच हजारभन्दा धेरै प्रहरी खटाइने भएको छ । 



गृहमन्त्रालयका एक उच्च अधिकारीका अनुसार राष्ट्रपति सीको भ्रमणमा प्रमुख सुरक्षा थ्रेट तिब्बती शरणार्थीबाट छ । उनीहरुले विभिन्न ठाउँमा कालो झन्डा देखाउने तथा प्रदर्शन गर्ने योजना बनाएको सूचना प्राप्त भएको ती अधिकारीले फरक धारसँग बताए । तर, यो प्रदर्शन रोक्नका लागि प्रहरीले तिब्बती शरणार्थी भएका क्षेत्रमा सादा पोशाकमा प्रहरी खटाइसकेको छ । केही तिब्बती शरणार्थीलाई प्रहरीले नियन्त्रणमा पनि लिइसकेको छ । 



  • प्रकाशित मिति : असोज २४, २०७६ शुक्रबार ११:२४:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया