विदेश पढ्न गएका छोरालाई रुँदै आमा भन्छिन्- अब घर आउ

काठमाडौं– नेपालमा शैक्षिक परामर्श कम्पनीहरुको छवि त्यति राम्रो छैन । बेलाबेलामा विवादमा आउने घटनामात्र होइन, नेपाली शैक्षिक परामर्श कम्पनीहरुले समाजप्रति उत्तरदायी भएर काम नगरेको आरोप लाग्दै आएको छ । 

तर, सबै परामर्श कम्पनीहरु एउटै तवरका छैनन् । फरक पहिचान बनाएर उभिएको एजुकेसन पार्कले पछिल्लो समय सामाजिक दायित्वका लागि पनि विभिन्न अभियान चलाउँदै आएको छ । यस्ता अभियानका कारण उसले बारम्बार प्रशंसा पनि पाएको छ । 

पछिल्लो समय चाडवाडको यो समयमा एजुकेसन पार्कले त्यस्तै नयाँ अभियान सुरुवात गरेको छ । द पाइ अवार्डमा फाइनलिस्ट समेत बनेको एजुकेसन पार्कले अहिले सुरु गरेको अभियान हो, अब घर आउ । 

शैक्षिक परामर्श कम्पनीहरुले यसअघि सधैंजसो विद्यार्थीहरुलाई विदेशमा मात्र पठाउँदै आएका छन् । आम तवरमा गुनासो सुनिन्छ, उनीहरुले विद्यार्थीलाई विदेश पठाउने मात्र काम गरे, नेपाल फर्काउनका लागि कुनै अभियान चलाएका छैनन् । यस्तै गुनासोबीच एजुकेसन पार्कले  आफ्नै फेसबुकमा एउटा भिडियो अपलोड गरेको छ, जसको पूर्ण कामना विदेश पढ्न गएका नेपाली विद्यार्थीलाई अब घर आउ भन्ने सन्देश समावेश गरिएको छ । 

‘यो अव आवश्यकता पनि छ, नेपाललाई विकास गर्ने हो, समृद्ध बनाउने हो र यहाँ पनि ज्ञानको ज्योति छर्ने हो भने विदेशमा अध्ययन गरेका नेपाली अब नेपाल फर्किनु आवश्यक छ,’ एजुकेसन पार्कका प्रबन्ध निर्देशक विराज पाण्डेले भने, ‘हामी उच्च शिक्षाका लागि विदेशी भूमिमा त पुगेका हुन्छौँ अनि नेपाल बिर्सिएका धेरै विद्यार्थी छन् ।’ यता नेपालमा उनीहरुको परिवार, आमा, बुबा, दाजुभाइ तथा देशलाई नै उनीहरुको साथ र उनीहरुले सिकेको ज्ञानको आवश्यकता भएको विराजले निष्कर्ष निकालेका छन् । 

‘त्यही निष्कर्षका कारण यो भिडियो हामीले बनाएका हौँ र यसको प्रमोट पनि गरेका हौँ,’ विराजले भने, ‘नेपाली युवाहरुले विदेशमा पाएको ज्ञान तथा सीपलाई अब आफ्नै देशमा प्रयोग गर्नुपर्छ, त्यसले नेपाललाई समुन्नत बनाउन सहयोग गर्छ ।’



सबै परामर्शदाताहरु बाहिर विद्यार्थी पठाउन केन्द्रित भएको यो समयमा तपाईंलाई के कुराले बाहिर गएका विद्यार्थी नेपाल बोलाउन मन भयो त भन्ने प्रश्नमा विराजले भने, ‘राम्रो शिक्षाका लागि बाहिर जाने कुरा नराम्रो होइन तर बाहिर पढ्न गएका विद्यार्थीले नेपालमा आएर आफ्नो ज्ञानलाई प्रयोग गर्दा नेपाल अझ सुन्दर हुन्थ्यो, देशको विकासमा अझ ठूलो सहयोग हुने थियो ।’ उनले अब विदेशी शिक्षा वा डिग्री ब्रेन गेनका रुपमा नेपालमा लिइनु पर्ने तर्क पनि गरे । 

‘हिजो पढ्न गएको विद्यार्थीले आफूले सिकेका व्यवहारका कुरा नेपालमा फर्किएर गराउन सकेको खण्डमा उनीहरुले देशप्रति केही गरेँ भन्ने कुरामा पनि गर्व गर्न सक्छन्,’ विराजले भने । उनका अनुसार एजुकेसन पार्कको यो अभियानका अन्य भिडियो पनि विस्तारै रिलिज हुँदै जानेछन् ।



हेर्नुस् एजुकेसन पार्ककाे भिडियाे:

  • प्रकाशित मिति : असोज २४, २०७६ शुक्रबार १३:४२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया