नेपालखबरका सम्पादक ढुंगाना दुर्घटनामा परि गम्भीर घाइते
तस्वीर: ढुङ्‌गानाकाे फेसबुकबाट ।

काठमाडौं– नेपालखबरडटकमका सम्पादक कृष्ण ढुंगानालाई बिहिबार साँझ एउटा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका छन् । नेपालखबरडटकममा प्रकाशित समाचारअनुसार उनलाई त्रिपुरेश्वरमा जेब्रा क्रसबाट बाटो काट्दै गर्दा एक मोटरसाइकलले ठक्कर दिएको हो । 

ढुंगानाको राष्ट्रिय ट्रमा सेन्टरको सघन उपचार कक्षमा उपचार भइरहेको छ । टाउकोमा उनको गम्भीर चोट लागेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । बिहिबार राति नै शल्यक्रिया गरेर उनको मस्तिष्कमा जमेको रगत निकालिएको छ । 

उनको स्वास्थ्यमा सुधार भए पनि खतरामुक्त नभएको चिकित्सकहरुले जनाएका छन् । उनलाई ठक्कर दिने मोटरसाइकल र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।





  • प्रकाशित मिति : असोज २४, २०७६ शुक्रबार १३:५०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया