सी भ्रमण ऐतिहासिक हुनेछः प्रचण्ड
फाइल तस्वीर

चितवन– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबारबाट दुई दिनका लागि हुने चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमण ऐतिहासिक हुने बताएका छन् । उनले नेपालको विकासमा सीको भ्रमणले महत्व राख्ने पनि बताएका छन् । 

चितवनको माडीमा आयोजित एक कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् । उनले कार्यक्रममा भने, ‘सी भ्रमणमा जुन सहमति हुँदैछ, त्यसले नेपालको दीर्घकालीन विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ ।’

कार्यक्रममा प्रचण्डले २३ वर्षअघि चिनियाँ राष्ट्रपति नेपाल आएको प्रसंग पनि झिके । ‘यसपटक चिनियाँ राष्ट्रपति आउने र जाने भन्नेमात्र होइन,’ उनले भने, ‘यसले नेपालको विकासमा ठूलो भूमिका खेल्नेछ ।’





  • प्रकाशित मिति : असोज २४, २०७६ शुक्रबार १६:४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया