डडेल्धुरा– डडेल्धुरामा एक जना साधुको शव फेला परेको छ । अमरगढी नगरपालिका–६ भजनेउटाको कुटीमा बस्दै आएका साधुको शव कुटीमै फेला परेको हो । शव भेटिएको स्थानमा ढुङ्गमा रगत पनि भेटिएपछि उनको मृत्यु शंकासपद रहेको भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
करिब ४० वर्ष अघिदेखि कुटीमा बस्दै आएका अन्दाजी ७५ वर्षीय उमाशंकर गिरी नामले चिनिने साधुको बुधबार बेलुका शव फेला परेको हो । उनी करिब ४०–४० वर्ष अघि दैलेखबाट आएर उक्त कुटीमा बस्दै आएको प्रहरीले जनाएको छ ।
डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेका अनुसार साधुको मृत्यु शंकास्पद भएकोले क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायलबाट कुकुर मगाई प्रहरी अनुसन्धानमा जुटेको छ । बुधबार बेलुकादेखिनै घटनास्थल घेरा बन्दि गरी अनुसन्धान थालिएको उनले बताए ।
साधुको शवलाई डडेल्धुरा अस्पतालमा पोष्टर्माटम गरेपछि उनकै कुटीमा रहेको समाधीमा स्थानीयले अन्तेष्ठी गरेको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।