विप्लवका सिन्धुली इन्चार्ज पक्राउ

सिन्धुली– सरकाले प्रतिबन्ध लगाएकाे नेत्र विक्रम चन्द विप्लव समूहका जिल्ला इन्चार्ज पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला इन्चार्ज बर्त बहादुर राई (शशी) रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 

राई दसैं मनाउन घरमा आएको बेला बिहीबार घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । हरिहरपुरगढी–२ बफरमा रहेको उनकै घरबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

राईलाई जिल्ला प्रहरी कार्यालय सिन्धुली र इलाका प्रहरी कार्यालय कपिलाकोटको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख तथा प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए । राई हाल जिल्ला प्रहरी कार्यालय सिन्धुलीको हिरासतमा रहेका छन् ।

विभिन्न गैरकानुनी कार्यमा संलग्न रहेको प्रमाणसहित उनलाई पक्राउ गरेको सिंहले बताए ।





  • प्रकाशित मिति : असोज २४, २०७६ शुक्रबार २१:१४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया