पुदिनाको सेवनले हुन्छन् यी फाइदा

एजेन्सी– पुदिना एउटा यस्तो कुरा हो जसको उपयोग नेपालमा पनि चटनीका लागि गरिन्छ । तर, यसका फाइदा अनेक छन् । यसले हामीले खाएको खानामात्र पचाउँदैन, पेटमा भएका विभिन्न रोगबाट मुक्ति दिन्छ ।

पुदिनामा मेन्थोल, प्रोटिन, कार्बोहाइड्रेट, भिटामिन ए, कपर, आइरनजस्ता तत्व पाइन्छ । पुदिना खाँदा वान्तालाई पनि रोक्न सकिन्छ र पेटमा भरिएको ग्यासलाई पनि सहज तरिकाले निकाल्न सकिन्छ । यसले हाम्रो घाँटीमा जमेको कफलाई बाहिर निकाल्न मात्र सहयोग गर्दैन, पसिना निकालेर शरीरमा भएको खराब तत्व पनि बाहिर निकाल्न सहयोग गर्छ ।

पुदिनाको सेवनाले सबैभन्दा फाइदा हाम्रो पेटलाई पुग्छ । पेटमा भएका विभिन्न समस्यालाई समाधान गर्न पुदिना निकै लाभदायी हुन्छ । मसलेदार खाना खाएपछि पुदिना सेवन गर्दा निकै फाइदा पुग्ने गर्छ । यसको सेवनले वान्ता हुनबाट पनि रोक्छ । 

हैजा लागेका व्यक्तिलाई पनि पुदिनाको रस र प्याजको रस मिसाएर दिँदा निकै फाइदा गर्छ । पुदिनालाई मनतातो पानीमा नुन मिसाएर कुल्ला गर्दा घाँटीमा भएको समस्या हल हुन्छ, यसले आवाजलाई पनि प्रष्ट बनाउन सहयोग गर्छ ।

तर, पुदिनाको सेवन अत्यधिक भने गर्नु हुँदैन । यसले हाम्रो आँतलाई समस्यामा पार्न सक्छ ।





  • प्रकाशित मिति : असोज २४, २०७६ शुक्रबार २१:४२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया