डेभिड वार्नरले घरेलू क्रिकेटमा प्रहार गरे शानदार शतक

एजेन्सी– केही समययता अष्ट्रेलियाका क्रिकेटर डेभिड वार्नरको फर्म त्यति राम्रो थिएन । त्यसैले विश्वभरका उनका प्रशंसक उनको प्रतीक्षामा थिए, राम्रो फर्ममा आउन् । गत मेमा भएको एसेज सिरिजमा पनि वार्नरले खासै राम्रो गर्न सकेका थिएनन् ।

अब उनले घरेलू टुर्नामेन्टमा राम्रो खेलेर आफू फर्ममा फर्किएको संकेत दिएका छन् । एबिसी डटनेट डट एयुका अनुसार वार्नरले २२१ ब्लमा १ सय २५ रन प्रहार गरेका छन् । यसमा उनले १८ चौका पनि प्रहार गरेका थिए ।

यसअघि पाँच खेलको एसेज टेस्टमा चाहिँ वार्नरले जम्मा ९५ रन बनाएका थिए । तेस्रो टेस्टमा उनले बनाएको ६१ रन नै सबैभन्दा बढी थियो । तर, अब घरेलू क्रिेकटमा उनले राम्रो प्रदर्शन गरेपछि उनी फर्ममा फर्किएको क्रिकेट पन्डितहरुले अनुमान गरेका छन् ।





  • प्रकाशित मिति : असोज २५, २०७६ शनिबार ७:४८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया