शशि थरुरले अस्वीकार गरे अध्यक्षको प्रस्ताव

एजेन्सी– भारतमा निकै बौद्धिक नेता मानिन्छन्, भारतीय कांग्रेसका वरिष्ठ नेता शशि थरुर । तर, उनले हालै संसदमा सभामुखले राखेको एक प्रस्ताव अस्वीकार गरिदिएका छन् । उनलाई विदेश मामिलासम्बन्धी संसदको स्थायी समितिको सदस्य बन्न प्रस्ताव गरिएको थियो । यसअघि लोकसभामा थरुरले यो समितिको अध्यक्षता गरेका थिए ।

लोकसभा अध्यक्ष ओम बिडलाले थरुरलाई यो प्रस्ताव राखेका थिए । थरुरले यो प्रस्तावमा भनेका छन्, ‘कुनै समय मैले नै अध्यक्षता गरेको समितिको सदस्य अहिले म हुन चाहन्नँ ।’





  • प्रकाशित मिति : असोज २५, २०७६ शनिबार ८:१७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया