पहिलो एनिभर्सरीमा प्रियंकालाई यस्तो सरप्राइज दिँदैछन् निक

एजेन्सी– बलिउड अभिनेत्री प्रियंका चोपडा फिल्म स्काइ इज पिंकको प्रमोसन सकेर अमेरिका फर्किएकी छिन् । उनले विवाह गरेको अब एक वर्ष पुग्न लागेको छ । उनको विवाह गत वर्ष १ डिसेम्बरमा भएको थियो । त्यसैले पहिलो एनिभर्सरी मनाउन उनी भारतबाट अमेरिका फर्किएकी हुन् । 

‘हाम्रो पहिलो एनिभर्सरी मनाउने कुनै योजना बनिसकेको छैन,’ प्रियंकाले भारतीय मिडियाहरुमा भनेकी थिइन् ।’ योसँगै उनले थपेकी पनि थिइन्, ‘तर निकले कुनै योजना बनाएका पक्कै छन् । मैले उनलाई यसबारे सोधेको थिएँ, उनले यसबारे नभन्ने र सरप्राइज दिने बताएका छन् ।’

प्रियंका र निकको विवाह ३ दिनसम्म चलेको थियो । निक जोनससँग प्रियंकाको विवाहले गत वर्ष निकै ठूलो चर्चा पनि कमाएको थियो । 





  • प्रकाशित मिति : असोज २५, २०७६ शनिबार ९:७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया