एजेन्सी– पछिल्लो समय अत्यन्त राम्रो गरिरहेका छन् हिन्दी फिल्महरु । भारतको अर्थतन्त्रमा निकै गिरावट आएको कुरा गरिन्छ तर यसले हिन्दी फिल्महरुलाई चाहिँ असर गरेको देखिँदैन ।
भारतको स्वतन्त्रता दिवसको अवसरमा रिलिज भएका दुवै फिल्मले निकै राम्रो गरे । अक्षय कुमारको मिसन मंगलले त दुई सय करोडभन्दा बढी कमायो । यो नै उनको सबैभन्दा बढी कमाएको फिल्म हो । त्यही समयमा रिलिज भएको जोन अब्राहमको बाटला हाउसले पनि सय करोड बराबर कमायो ।
यी दुई फिल्मपछि आएको साहोले पनि कमजोर कन्टेन्ट हुँदाहुँदै १४९ करोड कमायो । त्यसपछि आएको फिल्म छिछोरेले पनि १५० करोड कमायो । अनि सुशान्त सिंह राजपूतको सबैभन्दा सफल फिल्ममा यो गनियो । त्यसपछि आयुष्मान खुरानाको ड्रिम गर्लले कमेडी भएकै कारण १ सय करोडभन्दा बढी कमायो ।
महात्मा गान्धीको १५० औं जयन्तीमा रिलिज गरिएको ऋतिक रोशन र टाइगर श्राफको फिल्म वारले पनि राम्रो कमायो । यो फिल्मले त पहिलो पाँच दिनमा नै १५० करोडभन्दा धेरै कमाएको थियो ।
त्यस्तै, भारतमा पछिल्लो समय रिलिज भएका फिल्म उरी, टोटल धमाल, केसर, भारत, कबीर सिंह, गली व्वाय सबैले १५० करोडभन्दा धेरै कमाए । कबीर सिंहले त २७८ करोड कमायो ।
सन् २०१९ समाप्त हुन अब दुई महिना मात्र बाँकी छ । तर, बलिउडमा पछिल्लो समय फिल्महरु दुई सय करोड कमाउने बाटोमा लागिसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।