राष्ट्रपतिले भनिन्– नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध भएको बताएकी छिन् । शितल निवासमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको झन्डै एक घन्टा लामो भेटवार्तामा राष्ट्रपति भण्डारीले यस्तो प्रतिबद्धता जनाएकी हुन् । 

यो भेटवार्तामा दुई राष्ट्रपतिले नेपाल र चीनबीचको दुई पक्षीय सम्बन्ध, आपसी हित र सहकार्यबारे छलफल भयो । 

त्यहाँ राष्ट्रपति भण्डारीले नेपालको भूमि चीनविरोधी गतिविधिमा प्रयोग गर्न नदिने प्रतिबद्धता पनि व्यक्त गरेकी छिन् ।

सोही भेटवार्तामा सीसँग भण्डारीले केरुङ–काठमाडौं रेलमार्ग तथा नेपाल भ्रमण वर्ष २०२० को विषयमा पनि सीसँग छलफल गरिन् । 

राष्ट्रपति सीले चाहिँ नेपाल चीन सम्बन्ध अटल रहेको र चीनले नेपाललाई सहयोग गर्न तयार रहेको बताए । 

उता, चिनियाँ राष्ट्रपति सीले हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेका छन् । उनको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको रात्रिभोजलाई सम्बोधन गर्दै सीले यस्तो घोषणा गरेका हुन् । 





  • प्रकाशित मिति : असोज २५, २०७६ शनिबार २१:२०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया