काठमाडाैं– चिनियाँ राष्ट्रपति सी जीनपिङसँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शिष्टाचार भेटघाट गरेका छन् । सोल्टी होटलमा भएको ‘वान टु वान’ वार्तामा दुई देशबीचको सम्बन्ध, विकास निर्माणमा चिनियाँ सहयोगलगायत विषयमा छलफल भएको देउवाकाे सचिवालयले जनाएकाे छ ।
‘उहाँहरुबीच भएको औपचारिक शिष्टाचार भेटघाट हो’ देउवाका सहयाेगी भानु देउवाले फरक धारसँग कुराकानी गर्दै भने ‘दुई देशबीच रहँदै आएको सम्बन्ध र विकास निर्माणमा चीनले गरेको सहयोगको विषयमा छलफल भयो ।’
पहिला कांग्रेसका नेताहरुलाई सामुहिक भेटघाट गर्ने तयारी भए पनि नमिलेकाले ‘वान टु वान’ वार्ता भएको थियो । ‘राष्ट्रपति सीसँगको भेटवार्तामा सभापतिसहित पार्टी पदाधिकारी पनि सहभागी हुने कुरा थियो तर मिलेन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।