दिल्लीमै लुटिइन् प्रधानमन्त्री मोदीकी भतिजी
भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीका भाइ प्रह्लाद माेदी ।

एजेन्सी– भारतको राजधानी नयाँ दिल्लीमा शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीकी भतिजी दमयन्ती मोदीको झोला लुटिएको छ । उनको झोलामा रहेको पर्समा ५६ हजार भारतीय रुपैयाँ, प्यान कार्ड तथा अन्य विभिन्न डकुमेन्ट्स भएको बताइएको छ । 

प्रहरीले यो विषयमा अनुसन्धान सुरु गरेको छ । स्कुटरमा आएका दुई जनाले प्रधानमन्त्रीकी भतिजीको झोला लुटेका थिए । 

यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीका भाइ प्रह्लाद मोदीको पनि दिल्लीमा नै ३० हजार रुपैयाँ लुटिएको थियो । आफ्नी छोरी लुटिएपछि प्रह्लाद मोदीले आफ्नो परिवारको सुरक्षाको विषयमा चिन्ता जनाएको बिबिसीको हिन्दी संस्करणले लेखेको छ ।

दिल्लीमा दैनिक १८ भन्दा बढी यस्ता लुटपाटका घटना हुने एक आँकडाले देखाएको छ । यो घटनापछि प्रह्लाद मोदीले चाहिँ आफूहरु निकै असुरक्षित भएको बताएका छन् । 





  • प्रकाशित मिति : असोज २५, २०७६ शनिबार २१:४४:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया