अभिनेत्री अमिषा पटेललाई भारतीय प्रहरीले पक्राउ गर्ने

एजेन्सी– बलिउड अभिनेत्री अमिषा पटेल अब समस्यामा परेकी छिन् । उनले ठगी गरेको आरोपमा परेको मुद्दामा अदालतले उनको विपक्षमा फैसला गरेको छ । उनले पैसा लिएर चेक दिएको तर चेक बाउन्स भएको मुद्दा परेको थियो । 

अदालतले उनीविरुद्ध पक्राउ पुर्जी दिएको छ । अब भारतीय प्रहरीले उनलाई पक्राउ गर्न सक्ने भारतीय मिडियाले जनाएका छन् । यसका लागि राँचीको प्रहरी मुम्बई पनि पुगिसकेको छ । अब जमानतका लागि अमिषालाई भारतीय अदलातमा पुग्नु पर्ने हुनसक्छ  

अमिषालाई अजय सिंहले आफूले दिएको पैसा फिर्ता नगरेको आरोप लगाएका हुन् । अजयले एउटा फिल्म बनाउनका लागि अमिषालाई साढेँ दुई करोड दिएका थिए । तर, यो फिल्म नबन्ने भयो । उनले अमिषासँग पैसा फिर्ता मागे । अमिषाले पैसा फिर्ता माग्दा चेक दिएको तर ती चेक नसाटिएको उजुरी अजयले प्रहरीमा दिएका थिए । अमिषाले आफ्ना कुरा राख्न अदालतमा पनि नगएकाले उनी समस्यामा पर्ने भारतीय मिडियाले जनाएका छन् ।





  • प्रकाशित मिति : असोज २५, २०७६ शनिबार २२:२०:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया