के फेरि एकअर्कासँग नजिकिँदै छन् सलमान–क्याट्रिना ?

एजेन्सी– बलिउड अभिनेत्री क्याट्रिना कैफ अभिनयमा जति अब्बल छिन्, आफूले गर्ने कुराहरुमा पनि परिपक्वता देखाउने भएकाले त्यति नै विश्वासिली मानिन्छिन् । 

केही दिनअघि अभिनेता सलमान खानले आफ्ना पूर्वप्रेमिकाहरु अभिव्यक्ति दिएपछि अब क्याट्रिनाले पनि यस विषयमा बोल्न थालेकी छिन् । 

‘मलाई त्यस्तो अप्ठ्यारो महसुस नै हुँदैन,’ उनले भनेकी छिन्, ‘उनीहरुबारे मैले सोचेर बसिरहेकी हुँदिनँ, उनीहरुबारे त्यस्तो ठूलो कुरा सोचेर बस्दिनँ ।’ क्याट्रिनाले टाइम्स अफ इन्डियाको अन्तर्वार्तामा भनेकी छिन्– मेरा अनुभवले नै मलाई केही सिकाएका छन्, मलाई कुनै पनि विषयलाई अप्ठ्यारो र बोझिल बनाउनु पर्छ भन्ने नै लाग्दैन ।

‘म कसैको उपस्थितिमा पनि अप्ठ्यारो मान्दिनँ,’ पूर्वप्रेमीहरुसँग भेट्दा कस्तो महसुस हुन्छ भन्ने प्रश्नमा उनले भनेकी छिन्, ‘म त बरु हाँसेर बस्छु, मलाई रमाइलो नै लाग्छ ।’ अहिले यो विषय बलिउडमा किन चर्चामा छ भने यी दुईको यस्तो अभिव्यक्तिले कतै यी दुई एकअर्कासँग फेरि नजिकिन लागेका त होइनन् भन्ने प्रश्न पनि जन्मिएको छ । 

तर, भारतीय मिडियामा विभिन्न विश्लेषकहरुले सलमान खान र क्याट्रिना कैफ वास्तविक जीवनमा फेरि सँगै देखिने सम्भावनालाई नकारेका छन् । उनीहरु पर्दामा भने सँगै देखिन सक्नेछन् ।





  • प्रकाशित मिति : असोज २६, २०७६ आइतबार १:३१:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया