के अफेयरमा छन् विक्की कौशल र क्याट्रिना कैफ ?

एजेन्सी— पछिल्लो समय बलिउडमा निकै चर्चामा छ, एउटा प्रसंग । प्रसंग हो, अभिनेत्री क्याट्रिना कैफ र विक्की कौशलको सम्बन्धको । उनीहरु दुई जना प्रेममा रहेको धेरैले अनुमान गरेका छन् । तर, यो कति साँचो हो त ? 

भारतीय पत्रिका इन्डिया टुडेले आयोजना गरेको कन्क्लेभमा विक्कीले यसबारे बताएका छन् । उनले समाचारमा आमाले क्याट्रिनासँग अफेयरमा भएको कुरा पढ्दा दिएको प्रतिक्रियाबारे पनि बताएका छन् । 

उनले क्याट्रिनासँगको सम्बन्धबारे चलेका हल्लाहरुलाई पूर्णविराम लगाउँदै भनेका छन्– यो सब अफवाह हो । ‘हामी दुई फिल्म क्षेत्रमा काम गर्छौँ, एक अर्कालाई चिन्छौँ,’ उनले भनेका छन्, ‘तर, जब विहान उठेर मैले यो विषयमा बनेका समाचार पढेँ, म आफैं अचम्ममा परेँ । मैले यो समाचार पढ्दा बुबाआमा सँगै हुनुहुन्थ्यो ।’ उनले थपेका छन्— मैले उहाँहरुलाई पनि भनेँ, यो सब अफवाह हो ।





  • प्रकाशित मिति : असोज २६, २०७६ आइतबार १:२३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया