केबिसीमा अर्का एक युवाले जिते एक करोड

एजेन्सी– भारतमा सोनी टिभीमा आउने कार्यक्रम कौन बनेगा करोडपतिको ११ औं सिजनमा यसअघि एक युवाले एक करोड जितिसकेका थिए । यो कार्यक्रममा फेरि अर्का एक युवाले एक करोड जितेका छन् । बिहारको मधुबनी जिल्लाका गौतम कुमार झाले यो एक करोड जितेका हुन् । 

गौतम कुमार झाले एक करोड जितेको कार्यक्रम आगामि सोमबार अर्थात् १४ अक्टोबरमा प्रसारण हुने भएको छ । यही कार्यक्रम मंगलबार पनि जारी रहनेछ । 

त्यसो त भारतीय मिडिया अनुसार गौतमले एक करोड जितेको दाबी उनको परिवार तथा आफन्तले गरेका हुन् । अहिलेसम्म सोनी टिभीले यसबारे आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन ।

गौतम कुमार पेशाले इन्जिनियर हुन् ।





  • प्रकाशित मिति : असोज २६, २०७६ आइतबार ७:२:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया