मोदी–जिनपिङ केमेस्ट्रीले पाकिस्तान त्रसित, ओली–जिनपिङले भारत !

एजेन्सी– २३ वर्षपछि नेपालमा चिनियाँ राष्ट्रपतिको भ्रमण भएको छ । शनिबार दिउँसो चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आइपुगेका हुन् । उनी भारतको अनौपचारिक भ्रमणपछि नेपालको राजकीय भ्रमणका लागि आएका हुन् । आज अर्थात् आइतबार दिउँसो उनी चीन फर्किँदै छन् । 

तर, भारत र नेपालको यो भ्रमणका कारण विश्वमा विभिन्न तरंग उत्पन्न भएका छन् । चिनियाँ राष्ट्रपति सीको भारत भ्रमणका कारण पाकिस्तानलाई ठूलो झट्का लागेको भारतीय सन्चारमाध्यममा विभिन्न रिपोर्ट प्रकासित भएका छन् । 

जिनपिङको यो भारत यात्रामा सबैभन्दा बढी चासोको विषय थियो, कश्मिर विषयमा उनले के बोल्नेछन् । कश्मिरको विषयमा पाकिस्तानले पनि चीनलगायतका देशको समर्थन खोजिरहेको थियो । तर, जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेटवार्तामा यो विषयमा केही पनि कुरा गरेनन् । यसले पाकिस्तानलाई तर्साउने अवस्थामा पुर्याएको धेरैको अनुमान रहेको भारतीय मिडियाको निष्कर्ष छ । बरु मोदी र जिनपिङले परस्पर सम्पर्क तथा व्यापार र सहयोगको विषयमा कुरा गरेका थिए ।

यसलाई मोदीको रणनीतिका रुपमा भारतीय मिडियाले लिएका छन् । त्यसैले पनि मोदीले कश्मिरको विषय जिनपिङसँगको वार्तामा निकाल्दैननिकालेको धेरैले ठहर गरेका छन् ।

जिनपिङ भारत आउनुभन्दा पहिले पाकिस्तानी प्रधानमन्त्री इमरान खान चीन भ्रमणमा पुगेका थिए । उनको यो भ्रमणका कारण पनि कश्मिरको विषयमा मोदी र जिनपिङको कुराकानी हुनसक्ने अनुमान पाकिस्तानले गरेको र यसो नुहँदा पाकिस्तान त्रसित भएको भारतीय मिडियाले ठहर गरेका छन् ।



अर्कोतिर, जिनपिङ नेपाल भ्रमणमा आएकाले भारत पनि त्रसित भएको भारतीय मिडियाकै ठहर छ । नेपाल र चीनको यो नयाँ उचाइको सम्बन्धलाई भारतको चुनौतिका रुपमा भारतीय मिडियाले चित्रण गरेका छन् । यसलाई नेपालमा चीन र अमेरिकाको उपस्थितिको प्रतिस्पर्धाका रुपमा लिइएको छ । अनि यस विषयमा अहिलेसम्म भारतले कुनै प्रतिक्रिया नदिनुलाई गम्भीर अर्थमा लिन सकिने भारतीय मिडिया भास्करडटकममा एक रिपोर्ट प्रकाशित भएको छ । 



साथै, बिबिसीको हिन्दी संस्करणमा प्रकाशित एक रिपोर्टमा भारतले नेपालमा नाकाबन्दी गरेपछि नेपाल चीनको पोल्टामा पुगेको विश्लेषण पनि प्रकाशित भएको छ । नेपाललाई चीनले आफ्नो बन्दरगाह प्रयोग गर्न दिने निर्णय, चिनियाँ राष्ट्रपतिको भ्रमण, दक्षिण एशियामा चीनको बढ्दो प्रभावका कारण भारत अलिक सतर्क हुन थालेको रिपोर्ट तथा विश्लेषणले भारतीय मिडियामा स्थान पाउन थालेका छन् । 

  • प्रकाशित मिति : असोज २६, २०७६ आइतबार ७:२६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया