जपानमा ६० वर्ष यताकै ठूलो तुफान

एजेन्सी– जापानमा अत्यन्त भयानक तुफान हेजिबीसका कारण करोडौंको क्षति भएको छ । मिडियाका रिपोर्ट्सअनुसार जापानमा आएको यो ६ दशक यताको सबैभन्दा भीषण तुफान हो । मौसम विभागले यो तुफानबारे पहिले नै जानकारी दिएको थियो । तर, पनि शनिबार जापानमा यसका कारण एक व्यक्तिको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । यो तुफानका कारण ७३ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । 

तुफानका कारण जापानका रेलवे स्टेसन ठप्प भएका छन्, गल्लीहरु सुनसान छन् । जापानको मौसम विभागका अनुसार शनिबार साँझ जापानमा १४४ किलोमिटरको रफ्तार त्यहाँ हावाहुरी चलेको थियो । 

हेजिबिस आउनुभन्दा पहिले नै जापान सरकारले यसबारे सूचित गरेको थियो । अत्यन्त ठूलो पानी पर्ने चेतावनी पनि दिइएको थियो । योसँगै मानिसहरुलाई सुरक्षित ठाउँमा जान सूचित गरिएको थियो । तुफानभन्दा पहिले समुन्द्रमा भूकम्प पनि गएकाले जापानमा थप क्षति भएको विश्वास गरिन्छ । यो भूकम्प ५.३ रेक्टर स्केलको थियो । तर, यसको केन्द्रविन्दू अत्यन्त गहिराइमा भएकाले यसको प्रभाव त्यति ठूलो परेन । 

यो तुफानका कारण रग्बी विश्वकपका दुई खेल रद्द गरिएका थिए । तुफानका कारण जापानको राजधानी टोकियोमा सबै उडान स्थगित गरिएका छन् । यो तुफान नाम हेजिबिस राखिएको छ । यसको तागालोग भाषामा अर्थ हुन्छ– गति ।

हेजिबिसका कारण जापानका नदी तथा समुद्र किनारमा दर्जनौँ गाडीहरु तथा घरायसी सामानहरु तैरिएको देखिएका छन् । 



तुफानका कारण भएको क्षति र उद्धारका लागि जापानले १७ हजार सुरक्षाकर्मीलाई खटाएको छ । जापानको ओसाका र टोकियोबीच चल्ने बुलेट रेल पनि यही तुफानका कारण रद्द गरिएको छ । यस्तो तुफान यसअघि सन् १९५८ मा आएको थियो । त्यति बेला जापानमा १२ सयभन्दा धेरैको मृत्यु भएको थियो ।



  • प्रकाशित मिति : असोज २६, २०७६ आइतबार ८:२०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया