क्यामिलाले भनिन्– ममाथि यौन शोषण भएको थियो

एजेन्सी– अमेरिकी टिन ड्रामा रिवरडेलबाट चर्चामा आएकी अभिनेत्री क्यामिला मेन्डेसले आफूमाथि कलेजमा यौन शोषण भएको बताएकी छिन् । यो उनी न्युयोर्क विश्वविद्यालयमा पढ्दाको समयको कुरा हो । 

‘मलाई ड्रग्स दिएर यौन शोषण गरिएको थियो,’ उनले भनेकी छिन्, ‘त्यो खराब समय अहिले पनि बिर्सन सकेको छैन ।’ क्यामिलाले आफूले त्यो अनुभव अहिलेसम्म नभुलेको र त्यसले गर्दा आफू कमजोर भएको पनि बताएकी छिन् । 

क्यामिलाको रिवरडेलको तेस्रो सिजन पनि सफलतापूर्वक प्रसारण भएको छ । चौथो सिजनका लागि उनी काम गरिरहेकाले यस्तो खुलासा गर्दा उनी निकै चर्चामा आएकी छिन् । 





  • प्रकाशित मिति : असोज २६, २०७६ आइतबार ९:५८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया