सोल्टी भन्दै खगेन्द्र संग्रौलाले गरे यस्तो प्रश्न

काठमाडौं– पछिल्लो समय लेखक खगेन्द्र संग्रौला सामाजिक सन्जाल ट्विटरमा निकै आक्रामक देखिन थालेका छन् । उनले ट्विटरमा लेखेका स्टाटसहरुको निकै धेरै आलोचना हुन्छ । तर, उनी त्यस्ता आलोचनाको बेवास्ता गर्दै ट्विटरमा आफ्ना कुरा लेखिरहेका हुन्छन् । 

चिनियाँ राष्ट्रपति सी जिनपिङको दुई दिने राजकीय भ्रमणको विषयमा पनि खगेन्द्रले ट्विटरमा आफ्नो राय राखिरहेका छन् । यस्तै सन्दर्भमा उनले चिनियाँ सेना काठमाडौंका सडकमा देखिएको विषयमा लेखेका छन् । 

उनले सीको सवारीमा विमानस्थलदेखि ठाउँठाउँमा हतियारधारी चिनियाँ सेना तैनाथ भएको र त्यसो गर्दा स्वाधीन नेपालको सार्वभौमिकतामा चोट लागेन भनेर प्रश्न गर्नेहरुमाथि व्यंग्य गर्दै लेखेका छन्, ‘अबलाई नेपाल–चीन दाजुभाइ भए भनेसी कुन कसको सेना भन्ने हरिप प्रश्न अतीतको गर्तमा बिलायो हैन त, सोल्टी ?’





  • प्रकाशित मिति : असोज २६, २०७६ आइतबार १०:२७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया