एजेन्सी– बलिउड अभिनेता अजय देवगनले ९० को दशकमा फूल और काँटो नामको फिल्मबाट बलिउडमा पाइला चालेका थिए । यो २८ वर्षे फिल्मी यात्रामा अजयले अनेक उतार चढाव देखेका छन् । उनी यसबीच अभिनेतामात्र रहेनन्, निर्देशक तथा निर्माता पनि रहे । यी सबै प्रसंगलाई लिएर अब उनको जीवनी लेखिने भएको छ ।
‘अजयको जीवन प्रेरणादायी छ, उनले धेरै संघर्ष गरेका छन्, सफलता पाएका छन्,’ भारतीय मिडियामा यसको चर्चा बढेको छ, ‘उनको आत्मकथा केही समयपछि नै प्रकाशनमा आउने भएको छ ।’
अर्कोतिर अजयका फिल्महरुको अर्को वर्ष बाढी लाग्दैछ । उनको फिल्म दे दे प्यार दे केही समयअघि देखाइएको थियो । यसले बक्स अफिसमा राम्रै व्यापार गरेको थियो । अर्को वर्ष उनका फिल्महरु तानाजीः अनसंग वारियर, तुर्रम खाँ, भुजः द प्राइड अफ इन्डिया, मैदान रिलिज हुँदैछन् । उनले फिल्म सूर्यवंशी र आरआरआरमा पनि काम गर्ने भएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।