बिग बोस १३ः घरबाट बेघर भएकी यी अभिनेत्रीले गरिन् यस्ता खुलासा

भारतीय टिभी रियालिटी सो बिग बोसमा यो साता घरबाट बेघर हुन चार जना मनोनित भएका थिए । कोएन मित्रा, दिलजीत कौर, रश्मी देसाई तथा शहनाज कौर नोमिनेट भएकोमा दुई जना बाहिर आउने सलमान खानले बताएका थिए । 

अब त्यसरी बाहिर आउने पहिलो प्रतिस्पर्धी बनेकी छिन्, दलजीत कौर । उनी बाहिर आएपछि उनका प्रशंसक पनि अचम्ममा परेका छन् । तर, बाहिर आएलगत्तै उनले जे खुलासा गरेकी छन्, त्यसले सबैलाई अचम्ममा पारेको छ ।

उनले पनि घरबाट बाहिर आएर विभिन्न प्रतिस्पर्धीबारे विभिन्न खुलासा गरेकी छिन् । घरमा पारस छाबडा, शहनाज कौर गिल र माहिरा शर्माको लभबारे उनले भनेकी छिन्– यो सब मलाई बकवास लाग्छ । घरमा ८८ प्रतिशत मानिसहरु नक्कली भएको पनि उनले बताएकी छिन् । उनले घरमा भएका सबैले नक्कल पार्नुबाहेक अरु केही नगर्ने गरेको पनि बताएकी छिन् ।





  • प्रकाशित मिति : असोज २६, २०७६ आइतबार १६:२७:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया