काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिमा असम्भव भन्ने केही नहुने बताएका छन् ।
नेपाली कांग्रेसले आइतबार आयोजना गरेको चियापन समारोहमा प्रचण्डले चियापानमा आउँदा कांग्रेसमा उत्साह देखिएको पनि बताएका छन् । उनले राजनीतिमा दलहरुबीच सहकार्य र एकताले सबै कुरा सम्भव हुने बताएका हुन् ।
‘मलाई यो चियापानमा आउँदा सहयात्रीकहाँ आएको जस्तै लाग्यो,’ प्रचण्डले भनेका छन्, ‘स्वर्गीय गिरिजाप्रसाद कोइराला र मबीच भएको शान्ति सम्झौताले असम्भवलाई सम्भव तुल्याएको हो, हेर्दै जाऔँ, राजनीतिले कस्तो कोल्टो फेर्छ ।’
‘दुई तिहाई बहुमत भएको बेला कसरी राजनीतिले कोल्टे फेर्छरु’ भन्ने प्रश्नकाृ उत्तरमा चाहिँ प्रचण्डाले भने, ‘अहिले दुई तिहाईको कुरा नगरौँ भन्ने लाग्या छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।